घरघरमा पुगेर मतदाता धन्यवाद दिदैँ ध्वज बहादुर कुवँर

Posted on: 16 Jul, 2017

साउन १, अछाम । नेपाली कांग्रेस अछामका नेता ध्वजबहादुर कुवँर यतिबेला गाँउ गाँउमा पुगेर मतदातालाई धन्यवाद दिईरहेका छन । स्थानिय तह निर्वाचनमा आफु र कांग्रेसलाई मतदान गर्ने साँफेबगर नगरपालिकाका सबै वडाका मतदातालाई भेटेर धन्यवाद दिईरहेका हुन । 

नेपाली काँग्रेस साँफेवगर नगरपालिकाको मयेर पदमा पराजित भएर पनि उहाँ अहिले सबै वडामा पुगेर मतदातालाई धन्यवादका साथै बिचलित नहुन आग्रह समेत गरिरहेका छन । भटेका क्रममा उहाँले आफ्ले जिते सरह भएको भन्दै साँफेवगर नगरको विकासका लागि आफु सधैँ अग्रसर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

बुढगंगामा तटबन्धन र साँफेबगर क्षेत्रलाई व्यवस्थित पार्न आफुले पहले गर्नेमा समेत उहाँले जोड दिनु भएको छ । प्रत्येक वडा बाट भिलेज प्रोफाईल तयार गरि विद्धमान समस्याको पहिचान गर्न बिजेता वडाध्यक्षहरु अग्रसर हुनुपर्नेमा जोड दिएका छन । साँफेबगर नगरका सबै वडाका मतदातालाई भट्ने लक्ष्य समेत रहेको उहाँले बताएका छन । 

काँग्रेसका विजयी वडाध्यक्ष लगायत सदस्यहरुलाई नवाठानामा आज एक कार्यक्रमका वीच नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कुवँरले बधाई तथा शुभकामना दिदै आगामि वजेटमा सबैभन्दा पहिले पातलकोट, खप्तड हुदै भेरासैन, देविस्थानको भिर्कु र बाब्लाको ओलासम्म सडक निर्माणका लागी बजेट विनियोजित गरी त्यस क्षेत्रका नागरिकलाई यातायातको सुविधाका लागि नेपाली काँग्रेसका विजयी वडाध्यक्ष लगायत सदस्यहरुलाई बैठकमा महत्वपूर्ण भुमिका खेल्न निर्देशन समेत दिनु भएको छ । 

साथै उहाँले नगरमा हुने सुविधा दुर्गम सम्म पुगाउनको लागि नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउदैे स्थानिय स्तरमा भए गरेको आर्थिक गतिविधिको पनि खोजि नीति गर्न प्रतिनिधीलाई आग्रह गर्नु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!