साझा बिकासका एजेण्डा लिएर सबै अघि बढौँ: भिम रावल

Posted on: 17 Sep, 2017


कमल रावल/असोज १, अछाम । नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष भिम रावलले राजनितिक अधिकारका कुरा नभई साझा बिकासका एजेण्डा लिएर सबै अघि बढ्नु पर्ने बताउनु भएको छ । 

शनिबार साँफेबगर नगरपालिका अछामको प्रथम नगरसभाको उदघाट्न गर्दै रावलले स्थानिय तह र सरकारले सबै हक अधिकार पुरा गर्नका लागि लाग्नुपर्ने बताउनु भयो । 

राम्रा कुरालाई राम्रा र नराम्रालाई नराम्रा कुरामा राखेर अघि बढनु पर्ने बताउनु भयो ।  पुर्व उपप्रधान तथा गृहमन्त्रि समेत रहेका रावलले समग्र अछाम जिल्लाको बिकासका लागि नेकपा एमालेको एजेण्डा पहीलो भएको बताउनु भयो । 

कसैको ईशारामा एमाले नझुकेर समग्र देशका बिकासका लागि अघि बढ्ने बताउनु भयो । नगरपालिका प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सुचना तथा सञ्चारराज्य मन्त्रि गोबिन्द बहादुर शाह, पुर्व साँसद तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, जिल्ला समन्वय समिती अछामका सँयोजक नर बहादुर कुवर, जिविस महासँघ केन्द्रिय प्रवक्ता कृष्ण प्रसाद जैसि बिशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा नेपाली काग्रेसका महासमिती सदस्य ध्वज बहादुर कुवर, नेकपा एमाले प्रदेश नम्बर ७ अनुशासन आयोग सदस्य गोबिन्द कुवर, जिल्ला समन्वय समिती सदस्य लक्ष्मी शाह, नेपाली काग्रेस नगरसचिव कृष्ण कुवर, नेकपा एमाले नगरसंगठन कमिटी सचिव हिक्मत कुवर, नेकपा माओबादी केन्द्रका नगर संयोजक टंक रावल, बयालपाटा अस्पतालका डाक्टर बिकास गौचन, अन्तरपाटी महीला सञ्जालका दुधकला बिष्ट, अल्पसख्यक केशरमिया, सबै विद्यालको तर्फबाट महेन्द्र उमाविका प्रअ ईन्द्रजित ठकुल्ला, दलित प्रतिनिधी सुरत भुलले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा नगरपालिकाको सबै ४९ करोड ८८ लाख २४ हजार ७ सय ९१ बराबरको बजेट सहीत २०७४।०७५ को निति तथा कार्यक्रम नगर प्रमुख कुल बहादुर कुवरले प्रस्तुत गर्नु भएको थियो । उपमेयर विर्मला बुडथापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ईञ्जीनीयर पुर्ण कुवरले गर्नु भएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!