माओवादी केन्द्रद्वारा उम्मेद्धारको प्रारम्भिक सूचि प्रदेश कमिटीमा

Posted on: 24 Sep, 2017

होम साउद | असोज ८, अछाम | नेकपा माओवादी केन्द्र प्रदेश सभा र संघिय संसदको चुनावी तयारीमा लागेको छ । आगामि मंसिर १० र २१ गते २ चरणमा हुने निर्वाचनका लागि माओवादी केन्द्रले समानुपातिक उम्मेद्धारको बन्द सुची तयार पार्ने र अन्य आन्तरिक रणनीतिको तयारी गरिरहेको बताईएको छ । 

यसैविच नेकपा माओवादी केन्द्र अछामले पनि मंसिरमा प्रदेश र केन्द्रिय संसदको निर्वाचनको तयारी स्वरुप बिभिन्न आन्तरिक तयारी अघि बढाएको जनाएको छ । पार्टीले जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा पार्टी कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेश र केन्द्रीय संसदको लागि समानुपातिक तर्फवाट पार्टीका उम्मेद्धारहरुको प्रारम्भिक बन्दसुची पनी तयार गरेको जिल्ला संयोजक झपट साउदले जानकारी दिए । संयोजक साउदका अनुसार केन्द्रिय संसदका लागि अछाम क्षेत्रनम्वर १ वाट पोलिटब्यूरो सदस्य तारामान स्वार, केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य ईश्वरी खड्का र दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य प्रकाश परियार र क्षेत्रनम्वर २ वाट  केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य जोरा सिंह बिष्ट, जिल्ला सदस्य जीवन बिक र अमृता वलि (भूल)को प्रारम्भिक नामावलि समानुपातिक उम्मेद्धारको बन्दसुचीका लागि प्रस्ताव गरेको छ । २ वटै क्षेत्रवाट समावेसी तरिकाले ३/३ जनाको नामावली प्रदेश कमिटीमा पठाईएको जिल्ला संयोजक साउदले बताए । 

यस्तै माओवादी केन्द्र अछामले प्रदेश सभा अन्तर्गत मेल्लेख, जयगढ र रामारोशन गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रवाट जिल्ला संयोजक झपट साउद, सुवास बुढा, निर्मला साउद र कुशल बुढा गरि ४ जनाको नाम प्रारम्भिक सूचिमा पठाएको छ भने साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रवाट केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य टंक रावल, सुरत भूल, राम बहादुर थापा, दिपक सुनार, पूर्ण बहादुर साउद र टेक बहादुर थापा गरि ६ जना नेताहरुको प्रारम्भिक नामावलि प्रदेश कमिटी लाई प्रस्ताव गरेको छ ।

यस्तै मंगलसेन नगरपालिका, ढकारी गाँउपालिका तथा कमलबजार नगरपालिकाको केही वडा समेटीएको प्रदेश निर्वाचन क्षेत्रवाट केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य लोक बहादुर बोगटी, जिल्ला सदस्य मोतीकला चलाउने र खडक सुज्जी गरि ३ जना लाई सिफारिस गरिएको छ भने बिनायक नगरपालिका, तुर्माखाँद गाँउपालिका र कमलबजार नगरपालिकाको केही वडा समेटीएको अर्को प्रदेश निर्वाचन क्षेत्रवाट दिपक रोकामगर, अमर बिक र उदय बहादुर बिष्ट गरि ३ जनाको नाम प्रदेश सभाका लागि समानुपातिक उम्मेद्धारका रुपमा सिफारिस गरिएको छ ।

जिल्ला पार्टीले केन्द्रिय संसद र प्रदेश सभाका लागि समानुपातिक बन्दसूचिका लागि प्रारम्भिक सूचि पार्टी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको जिल्ला संयोजक साउदले जानकारी दिए । पार्टीले प्रदेश र केन्द्रिय संसदको प्रत्यक्ष तर्फको उम्मेद्धार कसलाई सिफारिस गर्ने भन्ने विषयमा पनी छलफल चलाईरहेको र त्यसको टुंगो पनी असोज २०/२२ गतेभीत्रै जिल्ला कमिटी बैठकले लगाईसक्ने उनको भनाई छ । अन्य आन्तरिक तयारी, पार्टी ध्रुविकरण जस्ता गतिविधमा छलफल चलाईरहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेश सभा तथा संघिय निर्वाचनमा माओवादी केन्द्र अछाममा एक्लै चुनाव लड्न तयार रहेको तर आवस्यकता अनुसार समिकरणका लागि पनी सबैसंग बाटो खुल्ला जिल्ला संयोजक साउदको भनाई छ ।

माओवादी केन्द्रले आगामि मंसिरमा हुने निर्वाचनका लागि मतदाता भेटघाट, स्थानीय तह अन्र्तगतका कमिटी बैठक र वडा कमिटी बैठक गर्ने लगायतका आन्तरिक गतिविध समेत सञ्चालन गर्न लागेको बताएको छ । प्रदेश र केन्द्रिय संसदका लागि अछाममा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!