देशको अस्तित्व जोगाउन वाम एकता आवश्यक: रावल

Posted on: 06 Oct, 2017

कमल रावल/असोज २०, अछाम । नेपालका वामपन्थीहरु एकजुट भएको हुँदा नेपाली काँग्रेसलाई अनिष्ट हुन लागेको देखेर देशमा अनिष्ट हुन लागेको भन्ने भ्रम जनतामा फैलाउन लागेको नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलले वताउनु भएको छ । 

शुक्रबार अगुवा नेताहरुलाई वाम एकताका वारेमा प्रशिक्षण दिन अछाम पुग्नु भएका एमाले उपाध्यक्ष रावलले संविधानको पुर्ण कार्यान्वयनका लागी र लोकतन्त्रको रक्षा तथा देशको अस्तीत्व जोगाउन वामपन्थीहरुको एकता आवश्यक भएको वताउनु भयो । 

उहाँले नेपाली काँग्रसले सरकारको आडमा देशको स्रोत साधन र प्रहरी प्रशासनको गलत प्रयोग गरिरहेको आरोप समेत लगाउनु भयो । नेता रावलले नेपाली वामपन्थीहरुको एकताले देशमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने र आफ्नो अस्तीत्व खतरामा पर्ने देखेर काँग्रेसले जनतालाई भ्रम फैलाएर बाम एकताले लोकतन्त्र खतरामा पर्ने झुटा कुप्रचार गरिरहेको आरोप लगाउनु भयो । 

उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल मिलेर चुनावमा जाँदा स्पष्ट वहुमत आउने र ५ वर्ष सम्म सरकार संचालन गरी देशलाई विकास गर्न महत्वपुर्ण योगदान पुग्ने वताउनु भयो । 

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनु भयो । उपाध्यक्ष रावलले देउवा सरकारले निर्वाचनमा धक्का पुग्नेगरी काम गरिरहेको भन्दै यस्ता गतिविधिलाई तत्काल रोक्न समेत आग्रह गर्दै निर्वाचन आयोगले आचारसंहिता उलंघनका विषयमा पटक पटक सजग गराउँदा पनी प्रधानमन्त्रिले आयोगलाई नटेरेको र प्रधानमन्त्री देउवाले केही दिन बाँकी रहेको संसद विघठन गरेमा आफुपनि प्रधानमन्त्री नरहने भनाइ राख्नु भयो । 

‘प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति मन्त्री हुन नपाउने व्यवस्था संसद नभएमा देउवा कसरी प्रधानमन्त्री रहिरन्छन् ।’ रावलको प्रश्न थियो । उनले वाम एकताप्रति कांग्रेसको भनाइहरुलाई प्रतिवाद गर्दै देशमा नभइ कांग्रेसमा अनिष्ठ आएको कटाक्ष गरे । 

तोकिएको समय मंसिरमै चुनाव सकिएपछि दुई तिहाइ सहितको बहुमत आउने र समाजवादमा देश अघि बढ्ने भनाइ राखे । वाम एकताले देशलाई समाजवादबाट समृद्ध बनाउने बाटोबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो । 

वाम एकताको प्रयास तत्काल नभइ १० बर्षअघिबाट शुरु भइ कसैको सहयोग विना भएको भनाइ थियो । तल्लो तहसम्म मिल्न निर्देशन जिल्लामा रहेका केही अगुवा नेताहरुको अनौपचारिक बैठकमा उपाध्यक्ष रावलले नेकपा माओवादीका कार्यकर्तासंग सौहाद्र र मैत्रीपुर्ण व्यवहार गर्न निर्देशन दिए । 

उपाध्यक्ष रावलले माओवादीका सबै साथीहरुसंग राम्रो सम्बन्ध स्थापित गर्न निर्देशन दिनुभएका एमाले जिल्ला सचिव यज्ञ बोगटीले जानकारी दिए । उपाध्यक्ष रावलले भने कसैका मन नमिलेका हुनसक्छन भेट, अन्तरक्रिया, मैत्रीपुर्ण व्यवहारबाट अझ नजिक सम्बन्ध बनाउन भन्नु भएको सचिव बोगटीको भनाइ छ । उपाध्यक्ष रावल आफ्नो निर्वाचन क्षेत्र विकास र पुर्वाधार कार्यक्रमको योजना र रकम बाँडफाँडाका लागि अछाम पुगेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!