बिप्लप निकट नेकपाका पोलिटब्युरो सदस्य भण्डारी माओवादी केन्द्रमा

Posted on: 08 Oct, 2017

असोज २२, अछाम । माओवादि आन्दोलनमा सुदुरपश्चिम क्षेत्रका प्रभावशाली नेता तथा बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सरदसिङ भण्डारी सहितको टिम नेकपा माओवादि केन्द्रमा समाहित भयको छ । 


आईतबार माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको हातवाट टीका ग्रहण गर्दै नेता भण्डारी माओवादि केन्द्रमा समाहित भएका हुन । हाल नेकपा को सुदुरपश्चिम कमाण्ड इन्चार्ज समेत रहनुभयका नेता भण्डारी २०६४ को संविधान सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट निर्बा्चित भयका थिए । 

भण्डारीको माओवादी केन्द्रमा पुनः आगमन भए संगै अछामका माओवादी नेता कार्यकर्तामा खुशी छायको छ । नेता भण्डारी लगायत सुदुर्प्स्चिम का दर्जनौं नेता कार्यकर्ता माओबादी केन्द्रमा समाहित भएको माओबादी केन्द्रका जिल्ला संयोजक झपट साउदले बताउनु भयो । 

साउदका अनुसार अछाम जिल्ला पार्टीको लामो कसरत पछि यो प्रक्रिया सम्भव भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!