कांग्रेस अछामका पुर्वउपसभापती एमालेमा प्रबेश

Posted on: 22 Nov, 2017

कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । 

झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रबेश गर्नु भएको हो । 


उहाँलाई नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार भिम रावलले टिका ग्रहण सहीत पार्टी प्रबेश गराएका हुन । नेपाल विद्यार्थि सँघ अछामका अध्यक्ष, केन्द्रिय सह महामन्त्री बनिसकेका नेता स्वार यस अघिको कार्यकालमा नेपाली काग्रेसको उप सभापती हुनुहुन्थ्यो । पार्टी प्रबेश पछी नेता स्वारले नेपाली काग्रेसमा ब्यक्तिबादी सोच हाबि भएकाले आफु एमालेमा प्रबेश गरेको बताउनुभयो । 

सबै दलित, महीला, अपाग, पछाडी वर्गको सम्मान दिन नसक्ने पार्टी काग्रेस बन्दै गएकाले देशको राष्टिय हितका लागि एमालेले मात्र काम गर्न सक्ने भन्दै प्रबेश भएको दाबि समेत गर्नु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!