अछाम: छाउपडी कुप्रथाको अन्त्यको अभियान जनप्रतिनीधीबाट सुरु हुँदै

Posted on: 17 Jan, 2018

कमल रावल/माघ ३, अछाम । अछाम जिल्लामा रहेको छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सबै सरोकारवाला एकजुट भएर अघि बढ्ने भएका छन । 

जिल्लामा पछिल्लो समय छाउपडी कुप्रथाले नकारात्मक प्रभावका साथै समस्या निमत्याउने भएकाले सबै स्थानिय तहका जनप्रतिनीधी, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र सञ्चारकर्मिले यसलाई आगामि दिनमा अभियानकै रुपमा लिने भएका हुन । मंगलसेनमा भएको अन्तरक्र्रिया कार्यक्रमका सहभागि स्थानिय तहका प्रमुख तथा उपप्रमुखले यसलाई कार्ययोजना सहीत आफनो स्थानिय तहबाट लाग्ने बताएका छन । 


छाउपडी कुप्रथालाई अन्त्य गर्न छलफलका प्रमुख अतिथी अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले प्रस्तुत गर्नु भएको ९ बुदे प्रस्तावले सहभागिले पारित समेत गरेका छन । नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउपालिकाका अध्यक्ष उपाध्यक्षले अब यसलाई आफनो नगर तथा गाउमा लिएर कार्यकारिणीको समितीको बैठकमा अनुमोदन गराई प्रत्येक वडा वडामा लैजाने बताए । 

आगामी दिनमा प्रत्येक स्थानिय तहका वडा सदस्य, अध्यक्ष, गाउपालिकाका सदस्य, नगरकार्यपालिकाका सदस्य, गाउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई ह्वीप समेत जारी गरि छाउपडी प्रथा अन्त्यका लागि आफै घरमा सुरु गराउन अभियान थाल्ने बताएका थिए । 

जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमका सहभागि सबैले छाउपडी प्रथाले आफनो गाउ समाजमा पारेको नकारात्मक असर र आफनो घर तथा गाउ टोलको अबस्थाको बारेमा अनुभव सुनाएका थिए । 

सबैले एकसाथका साथ आगामि दिनमा यसलाई अभियानका साथ लिने प्रतिबद्धता समेत जनाएका थिए । 

जिल्ला समन्वय समिती अछामका सदस्य लक्ष्मी शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निमित्र महिला बिकास अधिकृत मञ्जु महतले गर्नु भएको थियो ।   



यस बिषयमा तपाइको प्रतिक्रिया...!