सुदुपश्चिम सेवा समाज जापानको बरिष्ठ उपाध्यक्षमा साउदको उम्मेद्धारी

Posted on: 03 Feb, 2018

कमल रावल/माघ २०, अछाम । सुदूरपश्चिम सेवा समाज जापानको ५ औं महाँदिवेशन आईतबार हुदैछ । टोकियोमा हुने समाजको ५ औं महँदिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

यसैबिचः समाजको बरिष्ठ केन्द्रिय उपाध्यक्षका लागि अछाम बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका घर भएका अन्तराष्ट्रिय भलिबल खेलाडी तथा नेपाल जापान भलिबल एसोसियसनका उपाध्यक्ष मदन साउदले उम्मेद्धारी घोषणा गर्नुभएको छ । यसअघि उहाँले सुदुरपश्चिम सेवा समाज क्षेत्रीय कमिटीको सल्लाहकार संयोजक रहि बरिष्ठ केन्द्रिय उपाध्यक्षमा मनोनयन दर्ता गर्नुभएको थियो ।


बिगत १५ वर्ष देखी नेपाली राष्ट्रिय भलिबल टिममा रहेर दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता खेल्नुभएका साउदसंग ५ वर्ष बैंकिङ सेवाको समेत अनुभव छ । 

उहाँले ग्लोवल आई एम ई बैंक काठमाण्डौमा ५ वर्ष काम गर्नुभएको हो । अहिले जापानको ट्रीनिटी क्लव टोकियोमा आबद्ध हुनुभएका साउद बिभिन्न सामाजिक काम र अन्य रचनात्मक काममा समेत निकै सक्रिय हुनुहुन्छ ।

४ फेबररी २०१८ अर्थात भोलि (आईतबार) हुने महाँदिवेशनका लागि उम्मेद्धारी घोषणा गर्दै साउदले बरिष्ठ उपाध्यक्षको मनोनयन दर्ता गरिसकेको बताउनुभयो । 

आफु बरिष्ठ उपाध्यक्ष निर्वाचित भएमा वर्षमा आफुले खेल्ने ४ वटा भलिबल गेम मार्फत आफुलाई प्राप्त हुने रकम समाजलाई प्रदान गर्ने बताउनुभयो । २ वर्षको अवधिमा आफुले गेम खेलेर प्राप्त गर्ने रकमबाट ४ लाख सम्म संस्थालाई प्रदान गर्ने भन्दै उहाँले अन्य फुटसल प्रतियोगीता, साँस्कृतिक कार्यक्रम लगायतका बिभिन्न गतिबिधी मार्फत २ वर्षमा १० देखी १२ लाख सम्म संस्थालाई फाईदा गर्न सक्ने दाबी गर्नुभयो ।


आफुले समाजका लागि राम्रो गर्न र नयाँ उचाई दिन उम्मेद्धारी दिएको भन्दै साउदले आफ्नो भन्दा राम्रो काम गर्न सक्ने कोही अरु साथिहरु आएमा बाधक नबन्ने बरु सहयोग गर्ने बताउनुभयो ।

यसअघि समाजको क्षेत्रीय समिति गठन गर्ने क्रममा मनोनयन दर्ता सहित समाजको क्षेत्रीय समिति र केन्द्रिय समितिको लागि करिब ६० हजार सहयोग गरिसकेका उहाँले आफु बरिष्ठ उपाध्यक्ष भएको खण्डमा सुदूरपश्चिम समाजको क्षेत्रीय समिति बिस्तार कार्यलाई तिब्रता दिने अन्य नयाँ कार्यक्रम र गतिबिधिहरु पनी अघि बढाउने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!