मँगला नेरा माविका १४ जना विद्यार्थिले बार्षिक छात्रबृति पाउने

Posted on: 05 May, 2017


कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई हाल काठमाण्डौमा बस्नु हुने नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी शिक्षा प्रेमि झपट रावललाई सधन्यवाद ब्यक्त गरेको छ ।

विद्यालय ब्यावस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले व्यवसायीक तथा प्राविधिक धार ईन्जिनियरिङमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सो अक्षय कोषबाट सहयोग गरिने बताउनु भयो । 

यस वर्षको प्राविधिक प्रबेश परिक्षा प्रथम, द्धितीय र तृतिय हुने छात्रा र छात्रा गरि ५ जनालाई सहयोग गरिने बताईएको छ । यस अघि मंगलसेन ९ निवासि मोहन सिह रावलले स्थापना गर्नु भएको अक्षय कोष मार्फत प्राविधिक तर्फ कक्षा ९ मा प्रथम, द्धितीय र तृतियलाई वार्षिक रुपमा सहयोग हुदै आएको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । 

यसै बिच वाक नेपाल अछामले पनि ओलिगाउको प्राविधिक तर्फ अध्ययनरत ५ जना विद्यार्थिलाई वार्षिक रुपमा सहयोग गर्ने भएको छ । 

गरिब, जेहेनदार ५ जना विद्यार्थिलाई सेभ द चिल्डेनको सहयोग वाक नेपालको युवा सशक्तिकरण परियोजना अन्र्तगत सहयोग गरिने वाक नेपालका महादेव ओझाले बताउनु भयो । साथै विद्यालयमा प्राविधिक सहयोग अन्तर्गत सोलार जडानका लागि  ५० सहयोग गरिने सम्झौतामा हस्ताक्षर भएको प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!