जन्मदै मलद्धार नभएपछी ज्यान जोगाउन यस्तो गरियो...

Posted on: 22 May, 2017

पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दिन पछि मात्र थाह पाईन । मलद्धार नभएपछि उनले आफना श्रीमान गोरख रोकाया र सासुलाई जानकारी गराईन । ३ दिनसम्म बच्चाले आमाको दुध खाने र पिसाब गर्ने गरेको र दिसा नभएपछि उनले थाह पाएको बताईन ।

त्यसपछि छोरा जन्मेको चौथोँ दिनमा उनका आफन्तले उपचारका लागी जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा लिए तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बयालपाटा अस्पताल लैजान भनेर रिफर गरियो । जन्मेको तेश्रो दिनमै बयालपाटा अस्पताल पुर्याउदासम्म बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले जन्मेको केही दिनमै शल्यक्रिया नभए बच्चाको ज्यान जाने बयालपाटा अस्पतालका मेडिकल दिर्नेशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताउनु भयो । 

उहाँले भन्नुभयो यो एकदमै जटिल समस्या हो बच्चा तेश्रो दिनसम्म अस्पताल नपुगेको भए ज्यान जाने थियो । जटिल प्रकारको शल्यक्रियाका लागी नवजात शिशु बिशेषज्ञ नै आवश्यक हुन्छ तर तत्काल बिशेषज्ञ उपलब्ध नहुदाँ ज्यान जोगाउनका लागी शल्यक्रिया गरेको उहाँले बताउनु भयो । बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकालिई त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको समेत उहाँले बताउनु भयो । तर यो दिर्घकालिन समाधान नभएकोले बच्चालाई बिशेषज्ञ भएको ठाँउमै पुर्याउनु पर्ने हुन्छ डाक्टर ढुंगानाले भन्नुभयो हामीले त सुरुमै बच्चलाई बिशेषज्ञकहाँ लैजान भनेका थियौँ तर आफन्तले नमानेपछि बच्चाको ज्यान जोगाउन अप्रेशन गनुपरेको हो । यहाँ गरेको अप्रेसन बच्चा बाँच्नका लागी र जटिलखालको अप्रेशनका तयारी तथा बाहिर लैजान सयम दिएको निर्देशक ढुंगानाले बताउनु भयो । अबको केहि दिनमै बच्चाको जटिल खालको अप्रेसन गर्नुपर्ने समेत उहाँको भनाई छ । अहिले बच्चाले आमाको दुध खाईरहेको र दिसा पनि गरिरहेको छ डाक्टर ढुंगानाले भन्नुभयो बच्चाको स्वास्थ्य अवस्था समेत सामान्य छ । 


यस्तो खालको सामान्य सल्यक्रिया गर्नपनि ३०/४० हजार भन्दा बढी खर्च लाग्ने समेत डाक्टर ढुंगानाको भनाई छ । तर बयालपाटा अस्पतालमा सबै सेवा निशुल्क भएकाले बच्चाको सबै उपचार निशुल्क भएको छ । छिटफुट मात्रमा यस्ताखालका समस्या आउने गरेका अस्पतालले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!