बिद्यालयमा प्रबेश गरेपछि सबै क्रियाकलाप सिकाईमा परिणत गरौँः जिशिअ बिष्ट

Posted on: 26 May, 2017

टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्ने बताउनु भएको छ । शिक्षक समाजको बौद्धिक बर्ग भएको भन्दै समाजलाई राम्रो बाटोमा अगाडी बढाउन उन्मुख हुनुपर्नेमा जोड  दिनु भएको छ । 

शिक्षकले राज्यको निती पालना गर्ने राजनिती गर्यो भने समाज सकारात्मक बाटोमा अघिबढने उहाको भनाई थियो । रेडियो रामारोशनको रामारोशन चौतारीमा कुराकानी गर्नु हुदै जिल्ला शिक्षा अधिकारी बिष्टले बिद्यालयमा बिद्यार्थिको संङख्यामा बृद्धि भएपनी गुणस्तरमा ध्यान नदिईदा अभिभावकहरुमा निराशा छाएको भन्दै बिद्यालय र बिद्यालय ब्यावस्थापन समितीले यसतर्फ  गम्भिर हुनुपर्ने  उहाको भनाई छ । शिक्षकहरु पार्टिको झण्डा बोकेर राजनीतीक पार्टिका कार्यक्रममा सहभागी हुन्छन भन्ने प्रश्नमा उहाले आफ्नो प्रमुख कामलाई छोडेर झण्डा बोक्ने शिक्षकलाई कार्बाही गरिने बताउनुभयो । 

जिल्लाका अधिकांश बिद्यालयमा पाठ्य पुस्तक नपुगेको खबर आफ्नो कार्यालयमा आएकाले अब चाडै बिद्यार्थिको हात हातमा किताब पुगाउने प्रतिबद्धता जनाउनु भएको छ । बिद्यालय नियमीत संञ्चालन गर्नु मात्र ठूलो कुरा नभई गुणस्तरमापनी बिद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । बिद्यालय भन्दा बाहिर रहेका बालबालीकहरुलाई बिद्यालयमा ल्याउन सम्बद्ध सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनु भएको छ । जिल्ला शिक्षा कार्यालयले बर्षेनी बिद्यालय भर्ना अभियान संञ्चालन गर्दापनी अझै केही बालबालीका बिद्यालय बाहीर रहेकाले सबै बालबालीकालाई बिद्यालयमा केन्द्रित गर्न सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ । 

विभीन्न कारणले बालबालीका बाहीर रहेकाले यस तर्फ जिल्ला शिक्षा कार्यालयको ध्यानअकर्षण भएको बताउनुभयो । समुदायले बिद्यालयप्रती अपनत्वको भावना बढाउनुपर्ने, कक्षा कोठाको पठनपाठनमा ध्यान दिईयो भने शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने जिल्ला शिक्षा अधिकारी बिष्टको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!