पत्रकार महासंघ अछामका पूर्व अध्यक्षद्धारा केन्द्रिय सदस्यमा उम्मेद्धवारी घोषणा

Posted on: 23 Jun, 2017


असार ९, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँरले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेद्धवारी घोषणा गर्नु भएको छ । 

आज बिहान कुवँरले विभिन्न संचार माध्यमका प्रतिनिधिका बिच आफ्नो उम्मेद्धवारी घोषणा गर्नुभएको हो । नेपाल पत्रकार महासंघको यहि भाद्र ५ र ६ गते हुने केन्द्रिय महाधिबेशनमा प्रदेश नं. ७ बाट खुल्ला केन्द्रिय सदस्यका लागी आफुले उम्मेद्धवारी घोषणा गरेको जानकारी गराउनु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछाममा बसेर दुई कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको पदमा रही काम गरिसकेका कुवँरले यसपटक अछामबाट केन्द्रिय सदस्यमा उम्मेद्धवारी दिन बताउनु भयो । बिकट पहाडी जिल्ला अछाममा बसेर उहाँले यस क्षेत्रको पत्रकारीताको विकासका साथै, समाज परिर्वतन तथा सुशासनका पक्षमा वकालत गर्दै आईरहनु भएको छ । 

यस क्षेत्रको विकास निर्माणमा पत्रकारहरुका मुद्धा स्थापित गर्न तथा यस क्षेत्रको पत्रकारीताको विकासका लागी हुने ढिलासुस्ती, कुप्रथा र भ्रष्टचारका विरुद्धमा कलम चलाउदै आईरहेका कुवँर अछामबाट लागी नागरिक दैनिकमा सम्बाददाताको रुपमा रही काम गरिरहनु भएको छ । 

अछाम जिल्लाका विभिन्न संचारमाध्यम रही पत्रकारीताको विकासका लागी पत्रकार कुवँरले महत्वपुर्ण योग्दान दिनुभएको छ । आफ्नो उम्मेद्धवारी रहेकोले आफुलाई सहयोग गर्न सबै केन्द्रिय पार्सदहरुलाई अपिल गर्नुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!