सुझाव सल्लाह सम्प्रेषणका लागि रेडियो स्रोता क्लब गठन

Posted on: 23 Jun, 2017


असार ९, अछाम । पारस्परिक जबाफदेहिताका लागि ईक्वल एक्सेसको संयोजक सस्था FMDC को आयोजनामा बान्निगढी जयगढ गाउपालिका वडा नम्बर १ गाज्रामा रेडियो स्रोता क्लब गठन गरिएको छ । गाउपालिका वडा नम्बर १ का सामाजिक परिचालक राम बहादुर थापाको अध्यक्षतामा भएको भेलाले रेडियो स्रोता क्लबको सहजकर्ता लक्ष्मी बोहरा रहने गरि १५ सदस्य क्लब गठन गरेको हो । जसमा उर्मिला सुनार, अंकित सुनार लगायतका सदस्य रहेका छन । 

ईक्वल एक्सेसद्वारा प्रसारण हुने रेडियो कार्यक्रम साथीसंग मनका कुरा र साझा बोली रेडियो कार्यक्रम सुनेर केके कुराको बारेमा जानकारी भयो र सामाजिक जबाफदेहिताका बारेमा आफ्ना चासोको बिषयमा  कुन निकायसंग जबाफ माग्ने भन्ने बिषयमा कार्यक्रममा सहभागी विभिन्न बालक्कब र युवा क्लबका पदाधिकारीलाई जानकारी गराईएको थियो । 

गठन कार्यक्रममा FMDC जिल्ला अधिकृत गणेश तिरुवा, बान्निगढि जयगढ गाउँपालिकाका वडा  नम्बर १ का प्राबिधिक तर्क सुनार, गाज्रा युवा क्लबा अध्यक्ष गणेश सुनार, साझा बोली रेडियो कार्यक्रमका अछाम सामुदायिक रिपोर्टर गायत्री भण्डारी लगायत बालक्लब तथा युवा क्लबका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । गायत्रि भण्डारीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!