कुस्कोटको शाखावस्ती टोलका १८ घर जोखिममा

Posted on: 16 Jul, 2017


कमल रावल/साउन १, अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटको शाखावस्ती टोलमा १८ घर जोखिममा परेका छन् । 

अविरल बर्षाका कारण वस्ती माथिबाट पहिरो आएपछि जोखिम बढेको हो । वस्तीमाथिबाट सडक काटिएको र सडकको २ वटा मोडबाट पहिरो खस्न थालेपनि १८ घर जोखिममा परेका हुन् । 

अविरल बर्षाका कारण माथिबाट पहिरो आउन थालेपछि घर नै बगाउने चिन्ता बढेको र अहिले आफुले घर छोडेर विद्यालयको भवनमा बस्न थालेको स्थानीय जनक बहादुर शाहले बताउनु भयो । 

विस्थापित घर परिवार अहिले जनकल्याण आधारभुत विद्यालयमा बसीरहेका नेपाल रेडक्रस सोसाईटी कुस्कोट उपशाखाका सदस्य हिमाल अधिकारीको भनाई छ । 

घटनाको बारेमा ठाँटप् प्रहरी चौकबिाट गएको टोलिले जानकारी लिएको र मानवीय क्षति नभएपनि वस्ती पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक निरञ्जनदत्त भट्टले बताउनु भयो । पीडितलाई राहतका लागि जिल्ला दैविप्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाईटी अछामलाई अनुरोध छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!