अछाम जिल्लामा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन पहल गरिने

Posted on: 20 Jul, 2017

साउन ५, अछाम । स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन आ आफ्नो क्षेत्रबाट सकरात्मक भुमिका खेल्ने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन । 

जिल्लामा स्वास्थ्य बिमा क्रमश प्रभावकारी बन्दै गईरहेका बेला थप सुदृढ पार्न यस्तो प्रतिबद्धता जनाएका हुन । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको समन्वयमा आज भएको एक छलफलमा स्वास्थ्य बिमा कार्यक्रममा सबै जनतालाई सहभागी गराई समग्र स्वास्थ्य स्थितीमा सुधार ल्याउन पहल गर्ने सरोकारवालाले बताएका छन । 

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कवँरले साँफेबगर नगरपालिका भित्रका सबै जनप्रतिनिधीलाई स्वास्थ्य बिमा गर्न लगाई आफैबाट सुरु गर्ने प्रतिबद्धता जनाएका छन । यस क्षेत्रका सबै जनप्रतिनिधी, बुद्धिजिवी, शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीबाट पहिलो पटक स्वास्थ्य बिमा सुरु गर्न लगाउने तब मात्र सर्वसाधारण जनताले बिमा गर्ने बताएका हुन ।  

सामाजिक स्वास्थ्य विकास समिती अन्र्तगतको संचालन भईरहेको स्वास्थ्य बिमाले सबै जनताको स्वास्थ्य नै सुधार गर्न मद्धत पुग्ने भएकाले बिमा कार्यक्रम अनिवार्य जस्ते बनाउनु समेत नगर प्रमुख कुवँरलले बताउनु भएको छ । 

अछाम जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गईरहेको र सबै जनतामा पुहँच पुर्याउनका लागी स्वास्थ्य क्षेत्रबाट पनि सहयोग आवश्यक रहेको अछामका लागी स्वास्थ्य बिमाका दर्ता अधिकारी प्रेम बुढाले बताउनु भयो । 

स्वास्थ्य विमा कार्यक्रमले विकट तथा ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यमा पहँचु पुग्ने भन्दै कार्यक्रमलाई प्रभावकारी बनाउन समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गरिने सामुदायिक स्वास्थ्य कार्यक्रमका अछाम निर्देशक लालबहादुर कुवँरले बताउनु भयो । 

आम नागरिक बिरामी पर्दा यस कार्यक्रमले आर्थिक सुरक्षा प्रदान गर्ने र स्थानिय स्तरमा उपचार हुन नसक्दा बाहिर रेफर गरि बिमाबाट लाभ लिन सकिने भएकाले बिमा गर्न अनिवार्य जस्तै भएको अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 

एक पटक बिमा गरेपछि बर्षमा ५० हजार सम्मको स्वास्थ्य उपचार बिरामीले निशुल्क पाउने र स्थानिय स्तरमा उपचार सम्भब नभए बिमा गरेका व्यक्तीले शिक्षण अस्पताल महाराजगंज, सहिद गंगालाल ह्द्धय रोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, बिर अस्पताल लगायतका ठाँउबाट समेत सेवा लिन सकिने भएको छ ।  

स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन जिल्लामा सरोकारवालाका बिच अन्र्तक्रिया कार्यक्रम गर्न आवश्यक रहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झपट ढुंगानाले स्वास्थ्य बिमाका बारेमा जानकारी गराउनुपर्नेमा जोड निदुभयो । 

अछाम जिल्लामा पुष महिना यता कार्यक्रम सुरु भएपछि १७ सय ४१ जनाले स्वास्थ्य बिमा गरेका र त्यस मध्ये एक सय भन्दा बढी सेवा समेत लिईसकेका छलफलमा जानकारी गराईएको थियो । 

स्वास्थ्य बिमा कार्यक्रम पहिलो चरणमा कैलाली, बाग्लुगं र ईलाममा सुरु गरिएको थियो भने हाल दोश्रो चरण अन्र्तगत नेपालका २५ जिल्लामा बिमा कार्यक्रम सुरु गरिएको यस कार्यक्रमका दर्ता अधिकारी प्रेमबहादुर बुढाले जानकारी दिनुभयो । 

राष्टिय स्वास्थ्य बिमा निति २०७१ अनुसार यस कायक्रमले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्नु यस कार्यक्रमको दिर्घकालिन लक्ष्य रहेको बताईएको छ । गुणस्तरिय स्वास्थ्य सेवाको पहँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागी स्वास्थ्य सेवा सुनिश्चित गर्नु यस नितिको मुख्य उदेश्य रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!