बयालपाटा अस्पतालमा नि:शुल्क हार्डजोर्नी बिशेषज्ञ सेवा सुरु

Posted on: 17 Aug, 2017


पूर्ण बहादुर खड्का/भदौ १, अछाम । अछाम जिल्लामा संचालनमा रहेको बयालपाटा अस्पतालमा हार्डजोर्नी बिशेषज्ञ सेवा सुरु भएको छ । 

सबै प्रकारका उपचार सेवा निशुल्क दिदैँ आईरहेको बयालपाटा अस्पतालमा बिशेषज्ञ सहितको हार्डजोर्नी सेवा पनि सुरु भएको छ । हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकले बयालपाटा अस्पतालमा सेवा दिन सुरु गर्नुभएको छ ।

हार्डजोर्नी सेवा निशुल्क रुपमा अछाममै सुरु भएपछि यस क्षेत्रका जनता शुल्क तिरेर धनगढी, नेपालगंज लगायतका टाढा ठाँउमा धाउनु पर्ने बाध्यता कम हुने भएको छ ।

यस क्षेत्रमा धेरै जसो बिरामीमा हार्डजोर्नी समस्या भएकाले पनि यो बिषयलाई प्राथमिक्ता दिईएको अस्पतालका मृडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताए ।

अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निशुल्क प्रदान गर्दै आएको छ ।

अस्पतालले अहिलेसम्म ४ हजार भन्दा बढी बिरामीको निशुल्क सर्जरी सेवा गरिरकेको छ । केही जटिल अवस्थाका सर्जरी पनि सफलतापूर्वक सम्पन्न गरेको छ । 

यसका लागी नेपालमै पहिलो महिला अर्थोपेडिक सर्जन बिशेषज्ञ डाक्टर आरधना झाबाट अस्पतालले सर्जरी सेवा सुरु गरेको थियो । डाक्टर झा पछि अहिले अर्का अर्थोपेडिक बिशेषज्ञ सर्जन मन्दिप पाठकले अस्पतालमा सेवा सुरु गरिरहनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!