अछाममै पहिलोपटक बयालपाटा अस्पतालमा हड्डीको सफल प्रत्यारोपण

Posted on: 13 Sep, 2017

पूर्णबहादुर खड्का/भदौ २८, बयालपाटा । डोटी जिल्लाको दिपायल सिलगुढी नगरपालिका वडा नम्बर १ कि ४० बर्षकी कृष्णा बिस्टको ५ बर्ष अघि लडेर दाहिने खुट्टाको हड्डी भाचियो । 

 कृष्णा बिष्टको ५ बर्ष अघि भाँचिएको दाहिने खुट्टा । 

आर्थिक अवस्था कम्जोर भएकी कृष्णालाई खुट्टा भाँचिएपछि उपचार गर्न समस्याले पिरोल्यो । पछि जसो तसो गरेर पैसा जम्मा गरी उपचार गर्न उनि धनगढी गईन, धनगढी गएपछि उनको अत्तरियामा सल्यक्रिया पनि भयो । 

सल्यक्रिया हुदाँ करिब १ लाखको हारा हारीमा पैसा खर्च पनि भयो । तर ५ बर्षसम्म हड्डी राम्रोसंग जोडियन, उहालाई हिड्न पनि धेरै गार्हो हुन थाल्यो, दाहिने खुट्टा बांगे भएर दुखाई पनि बढ्न थाल्यो, यस्तो सम्सयाले उनलाई सधैँ पिरोलिरह्यो । केही समय अगाडी बयालपाता अस्पतालमा हाडजोर्नीको सेवा निशुल्क हुन्छ भन्ने समाचार प्रकाशित भएको उनले सुनेर उनि भाद्र २६ गते बयालपाटा अस्पताल पुगिन ।

उनलाई सल्यक्रिया गर्नु पर्ने भएकाले अस्पतालले २६ गते नै भर्ना गर्यो । भर्ना भएको एक दिन पछि उनको सल्यक्रियाको गरियो । सफल सल्यक्रिया भएपछि उनले भनिन् यस्तो निशुल्क सेवा मैले नजिकै छिमेकी जिल्लामा पाएको भन्दै खुशी व्यक्त गरिन् । 

उनको सफल सल्यक्रिया गर्न बयालपाटा अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. मन्दीप पाठक नेतृत्वको टोली सहभागी भएको थियो । उनको शरीरको अन्य भागबाट हड्डी झिकी भाचिएको ठाउँमा प्रत्यारोपण गरिएको हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकले बताउनु भयो । 

यस्तो खालको सल्यक्रिया बयालपाटा अस्पतालमा पहिलो पटक भएको चिकित्सा सेवा तथा शिक्षाका निर्देशक डा. विकास गौचनले बताउनु भयो । उहाकाँ अनुसार कृष्णाको सल्यक्रिया गर्दै गर्दा जटिल अबस्थाको गर्भवती पनि आएको कारण उहाको पनि अर्को 


सफल अप्रेशन भएपछिको खुट्टा । 

अस्थाई अपरेशन कक्ष बनाई सल्यक्रिया गरि आमा र बच्चाको ज्यान पनि बचाउन सफल भयो । 

यस्तो एकैसाथमा दुईवटा अप्रेशन बिरलै मात्रामा हुने गरेको पाईन्छ । जटिल खालका  दुईवटा महत्वपूर्ण अप्रेशन एकैपटक भएको पनि बयालपाटा अस्पतालमा यो पहिलो पटक भएको अस्पतालले जनाएको छ । सल्यक्रिया गर्नमा अस्पतालका डा. विकास गौचन, डा. पवन अग्रवालका साथै उदय छेत्री, नर्सहरु राजेश्वरी चौधरी र कन्चन चौधरी लगायतको टिम रहेको थियो । 



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!