नगर क्षेत्रको बिकासका लागी स्थानिय स्तरका स्रोत साधनको बढी प्रयोग गर्ने प्रतिबद्धता

Posted on: 07 Oct, 2017

कमल रावल/असोज २०, अछाम । नगर क्षेत्रको बिकासका लागी स्थानिय स्तरका स्रोत साधनको बढी प्रयोग गर्ने कमलबजार नगरपालिकाका जन प्रतिनिधीले प्रतिबद्धता जनाएका छन । 

केन्द्रबाट आएको बजेटले मात्र स्थानिय स्तरको बिकासले गती लिन नसक्ने भएकाले स्थानिय स्रोत साधनलाई बढी प्राथमिकता तथा उपयोग गर्ने प्रतिबद्धता जनाएका हुन । रेडीयो रामारोशन अछामले स्थानिय स्तरको बिकासका लागी कमलबजार नगरपालिकाले योजना के बनाएको छ भन्ने बिषयमा गरेको सुदुर सवाल छलफल कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख ओम प्रकाश बिष्टले केन्द्रको बजेटले नगर क्षेत्रको समुन्नत बिकास सम्भव नभएकाले स्थानिय स्रोत साधनको उचित प्रयोग गर्ने बताएका छन । 


बेरोजगार युवा, महिलालाई अवसर प्रदान गरि आत्म निर्भर बनाउनका लागि स साना घरेलु उद्योगको बिकास, आधुनिक क्रान्ति सहित कृषि क्षेत्रमा बिशेष जोड दिने बताउनु भयो । कमलबजार क्षेत्रको खानेपानीको अभाव, कमलबजार एयरपोर्टको निर्माण तथा हावा बाट निकालिएको विद्युत बायु उर्जालाई व्यावस्थपनका लागि पहल गर्ने बताउनु भयो । 

आगामि दिनमा नगर भित्रका टुहुरा वालवालिकाकालाई नगरपालिकाको सहयोगको निशुल्क शिक्षा प्रदान गरिने बताउनु भयो । गैरिटाड देखि कमलबजार सम्मको ग्रामिण सडकलाई व्यावस्थीत गरि मर्मत कार्यलाई अबको २ दिनमै अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा नगर उपप्रमुख भुमिसरण बजगाई ढकालले महीला हिसाँको अन्त्य, छाउपडी कुप्रथाको अन्त्यका कार्यक्रम अघि सारिएकाले यसमा सबैले साथ दिनु पर्ने बताउनु भयो । नगर भित्रको मदिरा ब्यवस्थापन हुन नसक्दा महिलाले पिडा भोग्नु परेकाले कमलसल सोफि नाम मदिरा समेत बजार क्षेत्रमा विक्रि वितरणमा रोक लगाईएको बताउनु भयो । 

आागामि दिनमा स्वास्थ्य क्षेत्रमा सबैको पहुचका लागी आफनो पहल कदमि जारी रहने बताउनु भयो । छलफल कार्यक्रममा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत डम्मरा थापाले नगर आर्थिक स्तर राजस्व सँकलन मात्र नहुन सक्ने भएकाले जनप्रतिनिले अन्य पाटा समेत अघि बढाउनु पर्ने जोड दिनु भएको थियो । 


आगामि दिनमा नगरको नाममा रहेको आवादि जग्गामा थुप्रै कृषि तर्फ फलफुल खेतीका कार्यलाई व्यावसायिक रुपमा अघि बढाउन सके आर्थिक बृद्धि बढ्ने बताउनु भयो । कार्यक्रममा सबै वडा अध्यक्षले वडामा आउने सबै स्रोत ब्यावस्थानलाई अघि बढाउदै लैजाने बताएका थिए । कार्यक्रममा सहभागिले कमलबजार पर्यटकीय तथा अन्य आर्थिक रुपमा सम्भावना बोकेको नगर हुदा पनी सबैको ध्यान जान नसक्दा समस्या भईरहेको बताएका थिए । 

आगामि दिनमा बजार ब्यावस्थापन, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता राख्नुपर्नेमा जोड दिएका थिए । सुदुर सवालको पुरा भाग रेडियो रामारोशन बाट शनिवार राती सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे सुन्न सक्नु हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!