अछामको बुढीगंगामा नदिमा बेवारिसे शव भेटियो

Posted on: 13 Nov, 2017

कात्तिक २७, अछाम । अछामको बुढीगंगा नदिमा बेवारिसे लास भेटिएको छ । 

साफेबगर नगरपालिका ४ पक्की पुल नजिकै बुढीगंगा नदिको बीचमा रहेको अवस्थामा बेवारिसे लास देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

आइतबार साझ करिब ५ बजे प्रहरीको एक टोलिले लासलाई ईलाका प्रहरी चौकी साफेबगरमा राखिएको र मृतकको साथमा ८४३० रुपैयाँ नगद र एक नेपाली र अर्को भारतीय सिम कार्ड भएको लाभा कम्पनीको मोबाईल भेटिको थियो । 

मृतकको थर ठेगान केहि नखुलेको र लासको पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन पठाइएको ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी निरीक्षक महेन्द्र बहादुर कलौनीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!