अछाममा मदिराका कारण सरकारी कर्मचारिको मृत्यु

Posted on: 17 Nov, 2017

कमल रावल/मंसिर १, अछाम  । अछाममा मदिराका कारण एक सरकारी कर्मचारिको मृत्यु भएको छ । 

रामारोशन गाउँपालिका स्थित पशु सेवा कार्यालयमा कार्यरत नायब सुब्बा धनलाल उपाध्यायको शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।  एकाएक नाकबाट रगत बगेपछी उपाध्याय कि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिईन । 

उनले खबर गरेपछी खबर पाउना साथ प्रहरीको टोलि र स्वास्थ्य कर्मी पुग्दा उपाध्यायको मृत्यु भई सकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताउनु भयो । बाजुराको बडिमालिका नगरपालिका ९ घर भयका ३७ बर्षिय उपाध्याय मदिरा सेवन गरि रहने भएकाले मदिराकै कारण ज्यान गएको हुन सक्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!