अछाममा जडीबुटी ओसारपसारमा संग्लन एकजना पक्राउ

Posted on: 26 Nov, 2017

कमल रावल/मंसिर १०, अछाम । प्रतिबन्धीत जडीबुटी ओसारपसारमा संग्लन एक जना ब्यक्ति अछाम जिल्लामा पक्राउ परेका छन । 

बिषजरा नामक प्रतिबन्धित २ क्विन्टल, ११ किलो ९ सय ५० ग्राम जडीबुटी सहीत पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बस्ने ३७ बर्षिय कम्मान सिंह बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । 

रामारोशन गाउपालिका वडा नम्बर ५ बाट ओसार पसारका क्रममा पक्राउ परेका बिष्टलाई आवश्यक कानुनी कारबाहीका लागी जिल्ला वन कार्यालय अछाम बुझाईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!