प्रहरी जवानले जोगाए सुत्केरी महिलाको ज्यान

Posted on: 08 Jan, 2018

पुस २४, अछाम | विगत दुई दिनदेखी रगतको अभावले बयालपाटा अस्पतालमा छटपटाई रहेकी एक महिलालाई प्रहरी जवानले रक्तदानगरि मृत्युको मुखबाट जोगाएका छन । 

मंगलसेन नगरपालीका वडा न ३ खालगडा निवासी पशुपती साउदलाई प्रहरीचौकी बयालपाटामा कार्यरत जवान देब बहादुर चन्दले १ पोईन्ट रक्तदान गरि बचाएका हुन् । साउदलाई शनिबार राती जिल्ला अस्पताल अछाममा पुर्याईएपनी ओ पोजेटिभ रगत नभेटिएपछि बयालपाटा अस्पतालमा रिफर गरिएको थियो । बयालपाटा अस्पतालमा पनी ओ पोजेटिभ रगत नभेटीएपछि जिल्ला प्रहरी कार्यालय अछामलाई सम्पर्कगर्दा बयालपाटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द रक्तदान गर्न मञ्जुर भएपछि उहाँलाई बयालपाटा अस्पताल पुर्याएर रक्तदान गरिएको बयालपाटा अस्पतालले जनाएको छ । 

आर्थिक अवस्था निकै कमजोर भएकी साउदलाई बाहिर लिएर उपचार गर्न सम्भव नभएपछि साउदका श्रीमान हाँसे साउद अस्पतालमा भौतारी रेहका थिए । जिल्ला प्रहरी कार्यालले तत्काल आफ्ना कर्मचारीलाई अनुरोध गरेपछि साउद मृत्युको मुखबाट जोगीएकी हुन । ओ पोजेटिभ रगत सहज रुपमा नपाईने र भेटीएपनी मान्छेहरु सहज रुपमा दिन मञ्जुुर नहुने भएकाले रगतको अभाव हुने गरेका बयालपाटा अस्पतालले जनाएको छ । २५ बर्षिय साउदलाई दोस्रो सन्तालाई जन्म दिने समयमा रक्तश्राव भएको हो । अछाम जिल्लामा बर्षेनी रगतको अभाव हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!