अछाममा मृत अबस्थामा चितुवा भेटियो

Posted on: 09 Jan, 2018

कमल रावल/पुस २५, अछाम । साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा मृत अबस्थामा चितुवा फेला परेको छ । 


वडाको कालापड बनमा अन्दाजी ५ बर्षको चितुवा मृत फेला परेको जिल्ला वन कार्यालय अछामले जनाएको छ । लम्बाई ७२, उचाई २८ र गोलाई ३२ रहेको सो चितुवालाई जिल्ला वन कार्यालय प्रागणमा गाडिएको जिल्ला वन कार्यालय अछामका रेञ्जर बिकास शर्माले बताउनुभयो । 

जिल्ला स्थित राजनितिक दलका प्रतिनी, प्रहरी, पत्रकार र वन कार्यालयका कर्मचारीको रोहबरमा गाडीएको बताईएको छ । बदेलको आक्रमण बाट चितुवा मरेको हुनसक्ने आशँका गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!