ढुंगा निकाल्ने क्रममा २ जनाको च्यापिएर मृत्यु

Posted on: 04 Feb, 2018

कमल रावल | माघ २१, अछाम | अछामको मेल्लेख गाउपालीकामा पत्थर निकाल्ने क्रममा २ जनाको ढुंगा (पत्थर)ले च्यापिएर ज्यान गएको छ । 

गाउपालिकाको ऋषिदहमा रहेको घट्टेखोला भन्ने ठाउमा घर निर्माण गर्न प्रयोग हुने ढुंगा निकाल्ने क्रममा वडा नम्बर १ बस्ने ५५ बर्षीया हर्च धामी र ४० बर्षीया मन बहादुर धामीको ढुंगाले च्यापिएर घट्ना स्थलमै ज्यान गएको हो । 

घट्नाका प्रत्यक्षदर्शि तुल बहादुर धामीका अनुसार ९ जनाको समुहमा घरको लागी पथ्थर नीकाल्दै गर्दा एकासी माथीबाट आएको ढुगांले च्यापिएर मृत्यु भएको बताईएको छ । 

साथै नन्द बिस्टलाई सामान्य चोटपटक लागेको खबर प्राप्त भएको छ । भने घट्नास्थलमा प्रहरी पुगिसकेको र घाईतेलाई उपचारका लागि बयालापाटा अस्पतालमा लगिएको सवाददाता गंग बहादुर खड्काले जानकारी दिनुभयो । 

मृतक हर्च र मन बिगत  १० बर्षदेखी पथ्थर नीकाल्दै घर खर्च चलाइरहेको थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!