अछाममा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा चारको मृत्यु, दुई घाइते

Posted on: 25 Feb, 2018

फागुन १३, अछाम | रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी हुनुहुन्छ । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ । 

राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको छ । 

फत्तेपुरबाट काठमाडाँै जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किँदा सो दुर्घटना हुँदा मोटरसाइकल चालक उदायपुर, बोल्का नगरपालिका, तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!