जेसि खड्का र रावल सम्मानीत

Posted on: 12 Apr, 2018

कमल रावल | चैत २९, अछाम | जेसि पुर्ण बहादुर खड्का र ईश्वर रावल सम्मानीत भएका छन् । 

नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालको सम्मानमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमको अवसरमा फ्रेबुअरी महिनामा खड्का र मार्च महीनामा रावलले उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले सम्मान गरेको हो । 


जेसिज अछाम बर्ष २०१८ का कार्यकारी उपाध्यक्ष खड्का र कानुनी सल्लाहकार रहेका रावललाई कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालले जेसि अफ दी मन्थको सम्मान पत्र प्रदान गर्नु भएको थियो । साथै नयाँ थपिएका ८ जनालाई समेत सदस्यता वितरण गरिएको थियो ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!