जेसीजले युवाहरुको ब्याक्तित्व र नेतृत्व बिकास गर्छः अध्यक्ष बस्याल

Posted on: 12 Apr, 2018

चैत २९, अछाम | अछाम जेसिसले नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको सम्मानमा बिशेष कार्यक्रम सम्पन्न गरेको छ । जेसीज अछामको आयोजनामा राष्ट्रिय अध्यक्षको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अछाम जेसिस बर्ष २०१८ का अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतमा भएको उक्त कार्यक्रममा नेपाल जेसिसका अध्यक्ष श्रीधर बस्याल प्रमुख अतिथी रहनुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्यालले जेसिस युवाहरुको नेतृत्व बिकासका लागि स्थापित संस्था भएको बताउनुभयो । बस्यालले जेसिसले आफ्ना सदस्यहरुको व्यक्तित्व बिवकास, व्यवसायीक बिकास, सामाजिक बिकासका लागि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल जेसिसका उपाध्यक्ष टेकराज रेग्मि, नेपाल जेसिसका राष्ट्रिय महिला कार्यक्रम संयोजक एकता जिसीको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै उनीहरुले जेसिस युवाहरुको क्षमता र व्यवसायीक दक्षता अभिबृद्धि गरि व्यक्तित्व बिकासका लागि स्थापित संस्था भएको उल्लेख गरेका थिए । 


अछाम जेसिसका कार्यकारी उपाध्यक्ष नरेशकुमार शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अछाम महासचिव बिष्णुप्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा अछाम जेसिसका पूर्व अध्यक्ष नमराज न्यौपानेले अछाम जेसिसका बारेमा जानकारी गराउँदै आफ्नो धारणा राख्नुभएको थियो भने निवर्तमान अध्यक्ष टिकेन्द्र भण्डारीले धन्यबाद मन्तव्य राख्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!