समाज परिवर्तनमा सामुदायिक रेडियोको अग्रणी भुमिका

Posted on: 23 Apr, 2018

कमल रावल | बैशाख १०, अछाम | सामुदायिक रेडियो प्रशारक सँघ अकोराबका अध्यक्ष सुबास खतिवडले सामुदायिक रेडियोले समाज परिवर्तनमा अग्रणी भुमिका खेलिरहेको बताउनु भएको छ । 

नागरिकका दैनिक समस्यामा जोड्एिका सवाललाई रेडियो माध्यामबाट उठन गरि समाधानको बाटे रेडियोले खोजि दिएको बताउनु भयो । अध्यक्ष खतिवडाले समृद्धिको ढोका प्रदेश नम्बर ७ बाट खोलिने भएकाले गाउमै रोजगारको सृजना अबको स्थानिय सरकारले गर्नु पर्ने उहाँको धारण रहेको थियो । अहीले सामुदायिक रेडियो र स्थानिय सरकारको लक्ष्य उद्देश्य एउटै भएकाले दुबै पक्षले सहकार्यका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो । 

छाउपडी कुप्रथा, महिला हिसाँ, वाल विवाह, दाईजो प्रथा, छुवाछुत प्रथा लगाएतका अभियान स्थानिय सरकारले पनी चलाउने गरेको र रेडियो अभियान समेत त्यही भएकाले दुबै पक्ष सक्रिय भएर अघि बढ्नु पर्ने बताउनु भयो । स्थानिय सरकारको कार्यक्रम नयाँ रेडियो स्थापना भन्दा जिल्लामा भएका रेडियोलाई सशक्त बनाउदै जाने भएकाले गैर नाफामुलक सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडी बढ्न स्थानिय सरकारसँग उहाँको आग्रह थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!