रामारोशनमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न

Posted on: 14 Sep, 2018

कमल रावल | भदौ २९, अछाम | रामारोशन गाउपालिकाको मुजाबगरमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिका उपाध्यक्ष सरस्वती रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष झँकर बहादुर साउद रहनु भएको थियो । 

प्रतियोगितामा प्रथम महिला जागरण आमा समुह भाट्काटिया, द्धितिय बजार ब्याबस्थापन समिती मुजाबगर, तृतिय बाटुलासैन महिला, समुह, शान्तवना महिला समुह शान्तडा भएका छन । पुरुस्कार बिजेता र सहभागी सबै टिमलाई प्रमाणपत्र सहीत पुरुस्कार वितरण गरिएको छ । प्रतियोगितामा गाउपालिकाका ९ वटा टिमले सहभागिता जनाएका थिए । 


कार्यक्रमका बोल्दै गाउपालिका अध्यक्ष भाष्करले महिलाको क्षमता र कला देखेर खुशि ब्यक्त गर्दै महिलाको सहभागितामा जोड् दिने बताउनु भयो । सामाजिक कुप्रथा अन्त्य गर्नका लागि जोड् दिएका सास्कृतिक प्रस्तुतीले आगामि दिनमा कुप्रथा अन्त्यमा जोड दिने बताउनु भयो । कार्यक्रममा नेकपामा नेता चक्र रावल, नेपाली काग्रेसका विरेन्द्र शाह, कार्यपालिका सदस्य अमर लुहार, हरि परियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत बालाराम रेग्मी लगाएतका अतिथीले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा नम्बर १ सदस्य रुपा रावलको स्वागत मन्तव्यकाट सुरु भएको कार्यक्रमको संञ्चालन अनुराधा स्वार रावलले गर्नु त्यहाबाट चन्द्र भण्डारी जानकारी दिनु भयो । 


यस्तै तिज बिशेष कार्यक्रम साफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा सम्पन्न भएको छ । वडा स्तरिय महिला संञ्जालका अध्यक्ष चम्फा देबि साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष सागर सिँह बाब्ली र बिशिष्ट अतिथी कार्यपालिका सदस्य साबित्रि कुवर रहनु भएको थियो । कार्यक्रममा बाब्ला सामुदायिक समुहका दयानाथ जोशि, राष्टिय माविका अध्यक्ष नयनसिंह नेपाली, प्रअ टँक रावल, अनेमसंघका खेमा कुवर, सेतो गुरासका सहजकर्ता बिर्मा रेग्मीले शुभकामना मन्तव्य राख्नु भएको थियो । तिज बिशेषमा साबिकका ९ वटै वडाका समुहले सहभागिता जनाएका थिए । सहभागि सबै टिमलाई सान्तवना स्वरुप पुरुस्कार दिईएको थयो । मिना कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सहजकर्ता डम्मरकला नेपाली गर्नु भएको त्यहाँबाट चन्द्र कुवरले जानकारी दिनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!