मंगलाका शिक्षक हर्कजन सिंह रावलको भब्यताका साथ बिदाई

Posted on: 12 Oct, 2018

कमल रावल । असोज २५, अछाम । मंगला नेरा माबि वलिगाउमा कार्यरत शिक्षक हर्कजन सिंह रावलको भब्य समारोहका बिच बिदाई गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक रावल अनिवार्य सेवा निवृत हुनु भएकोले विद्यालयले बिदाई गरेको हो । 

विद्यालय ब्याबस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व जिल्ला बिकास समिती सदस्य पदम बहादुर रावल प्रमुख अतिथी र नेपाल कम्युनिष्ट पार्टीका युवा नेता भिम बहादुर रावल बिशिष्ट अतिथी रहनु भएको थियो । 

मंगला विद्यालयमा शिक्षक रावलले ३८ बर्ष शिक्षण गर्नु भएको थियो । 

बिदाई कार्यक्रममा सहभागि सबै अतिथी, अभिभावक, शिक्षकले उहालाई फुलमाला सहीत अब्बिर लगाएत बिदाई गरेको थिए । कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, शिक्षक संगठन अछामका पुर्व अध्यक्ष नर बहादुर रावल, विद्यालय व्यवस्थापन समिती सदस्य बहादुर सिंह बिष्ट, शिक्षक रशिला शर्मा, धर्म रावलले बिदाई मन्तव्य राख्नु भएको थियो । प्रधानाध्यापक बम बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन शिक्षक रेबन्त बिष्टले गर्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!