रामारोशनमा चट्याङले एक घर ध्वस्त

Posted on: 27 Jan, 2019

कमल रावल | माघ १३, अछाम | रामारोशन गाउपालिका ५ मा चट्याङ पर्दा एक घरमा पुर्ण क्षती हुनुका साथै ४ पशुचौपाया मरेका छन ।

आज बिहान ५ बजे रामारोशन ५ को वडा कार्यालय नजिक स्थानीय जोगि बटालाको घरमा परेको चट्याङले घर पुर्ण रुपमा क्षती हुनुका साथै छिमेकीको २ भैंसी र २ बाख्रा मरेको स्थानीय खडक सिङ रोकायाले जानकारी दिनुभयो । 

घरमा सबै परिवार सुतिरहेको अवस्थामा एक्कासि चट्याङ परेपछि घरको झ्याल, ढोका र पाखामा पुर्ण रुपमा क्षती भएपनि मानविय क्षती भने नभएको बताईएको छ । सोहि चट्याङले स्थानीय गङ्ग बहादुर शाह र प्रेम शाहको एक/एक भैंसी, प्रकाश बहादुर शाह र प्रेम बहादुर शाहको एक/एक वटा बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहिले जानकारी दिनुभयो । 

घट्नाबारे प्रहरीलाई जानकारी गराईसकिएको र चट्याङ लागेको घरमा बसेकाहरुलाई स्वास्थ चेकअप गराउने तयारी भईरहेको रोकायाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!