समिट एयरद्धारा धनगढीदेखी साँफेबगर उडान सुरु

Posted on: 22 Mar, 2019

कमल रावल, चैत्र ८, अछाम । समिट एयरद्धारा पहिलो पटक धनगढी देखी साँफेबगर उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्जदेखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले आजबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो । 


नियमति उडान भएसंगै यस क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ । पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ । यात्रुहरुको चाँप हेरेर आगामी दिनमा हप्तामा ४ दिन सम्म उडान भर्न सकिने समिट एयरका दिपक दुवालले जानकारी दिए ।  

धनगढी देखी साँफेबगरसम्मका लागी ३३ सय ५० भाडादर कायम  गरिएको दुवालले बताए । यसअघि नेपाल एयरलाईन्सले नेपालगञ्ज देखी साँफृबगरका लागि नियमित उडान भर्दै आईरहेको छ । नेपाल एयरलाईन्सले हप्तामा दुई दिन आईतबार र बिहिबार उडान गर्दै आईरहेको हो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!