अछाममा विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु

Posted on: 17 Apr, 2019

कमल रावल, बैशाख ४, अछाम । अछाम जिल्लाको विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु भएको छ । डोटि जिल्लाको पुर्विचौकि गाउपालिका नजिकैको गेटमा रहेको विद्युतमा पोलमा हिजो दिउसो ३ बजेतिर हावाहुरि आउदा सल्लाको रुख ढलेर पोल र तार तथा हार्डवेयरका सामानमा क्षति पुगेपछि हिजोबाट अछाममा विद्युत सेवा अबरुद्ध भएको थियो ।


नेपाल विद्युत प्राविधिकरण अछामको टोलिले स्थलमा खटेर मर्मत कार्य गरेपछी आज दिउसो ३ बजेर २० मिनेटमा मर्मत कार्य सकिएको थियो । अछाम वितरण केन्द्रदेखि ५२ किलोमिटर टाढा क्षेत्र रहेको स्थानमा विद्युतको कार्यालय अछामको १२ जनाको टोलि नियमीत खटेर मर्मत गरिएको नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनु भयो । विद्युत अवरुद्ध क्षेत्र डोटि जिल्ला परेपनी अछाम कार्यक्षेत्र भएकाले हिजो ३ बजे अबरुद्ध हुने वित्तिकै आफ्नो टोलि त्यस क्षेत्र पुगेको उहाँले बताउनु भयो । अछाम लगाएत सुदुरपश्चिम भरि मौसमी बदलि सहीत हावाहुरि र बर्ष भएका कारण मर्मत गर्न समस्या आएकाले केही ढिलाई भएको बताउनु भयो ।

अछाम वितरण केन्द्रको जुनसुकै क्षेत्रमा पनी विद्युत सेवा अबरुद्ध हुने बित्तिकै कर्मचारी खटउने गरेको उहाँले जानकारी दिनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!