अछाममा ट्रकको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु

Posted on: 12 Jul, 2019

असार २७, अछाम | अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ | 

 मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट चार वर्षीया बालिका अस्मिता भण्डारीको मृत्यु भएको हो |  जिल्लाको कमलबजार नगरपालिका ५ मा  ट्रकको ठक्करबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो |  बर्दिया घर भएका चालक तिलक शर्मा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!