न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा निर्देशकमा डाक्टर गौचन नियूक्त

Posted on: 02 Aug, 2019

पूर्णबहादुर खड्का | श्रावण १७, अछाम । न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डाक्टर बिकाश गौचन चयन नियूक्त हुनु भएको छ । संस्थाले यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत डाक्टर गौचनलाई सम्रग अछाम जिल्ला अन्र्तगत संचालित अस्पताल तथा अन्य सबै कार्यक्रमको नेतृत्व गर्ने गरी जिम्मेवारी दिएको छ । 

न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका साथै सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ । जिल्लाका २ नगरपालिका साँफेबगर र कमलबजार तथा ३ गाँउपालिका चौरपाटी, मेल्लेख र बान्नीगढी जयगढका सामुदायिक स्वास्थ्य कार्यक्रम संचाल गर्दै आईरहेको उक्त कार्यक्रमको नेतृत्व समेत अब डाक्टर गौचनले गर्ने भएका हुन ।  

बिगत ५ बर्ष देखि मेडिकल निर्देशकको रुपमा कार्यरत डाक्टर गौचनको कार्यकुशलताको मुल्यांकन गर्दै संस्थाले यसै आर्थिक बर्षबाट लागु हुने गरि यस क्षेत्रको नेतृत्वको जिम्मेवारी दिएको हो । निर्देशकमा नियूक्त भएपछि डाक्टर गौचनले संस्थालाई दिर्घकालिन रुपमा संचालन गर्न र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतबिद्धता व्यक्त गर्नुभयो । 

मुस्ताङ  जिल्ला थासांग गाउपालिका वडा नं ३ घरभएका डाक्टर गौचनले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस एवंम जनरल प्रायाक्टीस तथा ईमरजेन्सी मेडिसिनको शिक्षा पुरा गुर्नभएको उहाँले क्यालीफोर्निया विश्वबिद्यालयबाट ग्लोबल हेल्थमा फेलोसिप पनि लिनुभएको छ । यस्तै हाल लिभरपुल बिश्वबिद्यालय यूकेमा जनस्वास्थ्यमा बिषयमा समेत स्नात्तोकोत्तर गरिरहनु भएको छ ।   

यसैबिच  बिहिबार बयालपाटा अस्पतालमा बिगत ११ बर्ष देखी जनरल एडमा कार्यरत कंश लुहारको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । स्थाको नियम अनुसार उमेर अवधि पार भएपछि उहाँको बिदाई गरिएको अस्पतालका जनसंचालन प्रबन्धक प्रकाश ढकालले बताउनु भयो । अस्पतालमा कार्यरत हुदाँ कंश लुहारले प्रशंसनिय काम गरेको भन्दै दोशल्ला, सम्मान पत्र, माला र अविरले सम्मान गर्दै बिदाई गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!