अछाममा विद्यालय भवनमा आगलागी

Posted on: 12 Aug, 2019

साउन २७, आछाम | अछाममा एक विद्यालयमा आगलागी भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको एक भवनमा आगलागी भएको हो ।

निमार्णाधिन नेपाल टेलीकमको टावरका सोलार ब्याट्री र अन्य सामाग्रीहरु राखिएको उक्त कोठामा एक्कासी ब्याट्री पड्किदा आगलागी भएको अछाम प्रहरीले जनाएको छ । आगलागीले विद्यायलयका कागजातहरु जलेर नष्ट भएका छन् । 

प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!