अछाममा गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

Posted on: 16 Sep, 2019

भदौ ३०, अछाम | अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउँदलाई लक्षित गरि गोली प्रहार गरिएको छ |  मुजाबगरमा रहेको गाँउपालिकाको कार्यालयसंगै जोडिएको निवासमा रहेका साउँदलाई लक्षित गरी साझ गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले बताए |

अध्यक्ष साउँदलाई प्रहार गरिएको पेस्तोलको गोली कोठाको कार्पेटमा लागेको थियो। गोली प्रहार गर्ने व्यक्ती भने भागेका छन् । उनले कैलाश खोलामा हाम फालेका प्रहरीले बताएको छ। उनको खोजीका लागि प्रहरी परिचालन भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!