प्रेसयुनियन अछामकोअध्यक्षमा: रिमाल

Posted on: 25 Sep, 2019

कमल रावल असोज ८, अछाम | नेपाल प्रेसयुनियन जिल्ला शाखा अछामकोअध्यक्षमा टंकप्रसाद रिमाल चयन भएका छन् | मंगलबार भएको सातौ जिल्ला अधिबेशनवाट रिमालको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति सहमतिको आधारमा चयन भएको हो । 

जसको वरिष्ठ उपाध्यक्षमा लोकराज ढकाल, खुल्लाउपाध्यक्षमा नमराज भण्डारी, महिला उपाध्यक्षमा सरिता खड्का,सचिव सुशील भण्डारी,सहसचिव नारायण जैसी,दिनेश केसी,केषाध्यक्ष पबित्रा खड्का लगायत २३ सदस्यीय रहेकाछन् । साथै अधिबेशनबाट प्रदेशप्रतिनिधि र केन्द्रिय प्रतिनिधि समेत छनौट गरिएको अधिबेशनका केन्द्रिय प्रतिनिधि छक्क मल्ले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!