अछाममा छाउगोठमै बुहारीको मृत्युपछि जेठाजु पक्राउ

Posted on: 05 Dec, 2019

मंसिर १९, अछाम | अछाममा छाउगोठमै एक महिलाको मृत्युपछि जेठाजु पक्राउ परेका छन् | जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा २१ वर्षया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएको हो | उनका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ |

उपरिक्षक जनकबहादुर शाहीका अनुसार उनका पति वैदेशिक रोजगारीमा रहेको र सासुससुरा पनि बाहिर भएकाले जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको हो | छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ |

कानुनले छाउगोठमा महिलालाई राख्नु वा बस्नु दण्डनीय भनेको छ। डीएसपी शाहीले मुद्दा प्रक्रिया अघि बढेको बताउँदै मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो वा आफैं बसेको भन्ने अनुसन्धानबाट खुल्ने बताए | 

महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप महिनावारी (छाउपडी)को बेला छाउ गोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई कारवाहीको दायरामा ल्याउन आग्रह आग्रह गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!