अछाम कारागारमा कैदी मृत फेला

Posted on: 18 Feb, 2020

फागुन ६, अछाम | अछाममा एक कैदी मृत भेटिएका छन् |  जिल्लाको पञ्चदेवल नगरपालिका–६ तोलीका ४२ वर्षका जितेन्द्र बिक कारागार भित्रै मृत भेटिएका हुन |

बिक २०६६ भाद्र महिनामा कर्तव्य ज्यान मुद्धामा जेल चलान भएका थिए | जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक दीपक भारतीका अनुसार राती सुतेका बिक विहान मृत भेटिएका हुन् | बिकको मृत्युको कारण खुल्न सकेको छैन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!