आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on: 26 Jun, 2020

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् । 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ । 

यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।  मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो ।  असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । 

आज संक्रमित कहाँ-कहाँका ? 

पाल्पा - ७६ जना 

दाङ- ७५ जना 

रौतहट - ५६ जना 

कञ्चनपुर - ४२ जना

कैलाली - ३० जना 

बाजुरा - २७ जना 

गुल्मी - २५ जना 

बैतडी - २५ जना 

नवलपुर - २३ जना

कपिलवस्तु - २१ जना  

प्युठान - २० जना 

धनुषा - १५ जना

चितवन - १२ जना 

सुर्खेत - १२ जना 

सुनसरी - १० जना

बझाङ - ९ जना 

सिरहा - ६ जना 

रुपन्देही - ६ जना 

गोरखा - ६ जना 

दैलेख - ५ जना

झापा - ४ जना 

महोत्तरी - ४ जना 

दार्चुला - ३ जना 

सिन्धुली - ३ जना 

काठमाण्डौ - ३ जना

सिन्धुली - ३ जना 

अर्घाखाँची - ३ जना  

सल्यान - ३ जना 

जुम्ला - ३ जना 

जाजरकोट - २ जना 

बारा - २ जना 

तनहुँ - २ जना 

मोरङ - २ जना 

अछाम - १ जना 

सल्यान - १ जना 

नुवाकोट - १ जना 

कैलाली - १ जना 

कास्की - १ जना 

बाग्लुङ - १ जना 

स्याङ्जा - १ जना 

नवलपरासी - १ जना  

मुगु - १ जना

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!