अछामबाट धनगढी जाँदै गरेको बस दुर्घटना १ को मृत्यु, १७ घाइते

Posted on: 30 Nov, 2020

मंसिर १५, अछाम | अछामबाट धनगढी जाँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ भने, १७ घाइते भएका छन् | जिल्लाको चौरपाटी गाउँपलिका ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो |

सोमबार बिहान बस सांफे–चौखुट्टे सडक खण्डमा भएको दुर्घटनामा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ | उनको बयालपाटा अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो |

दुर्घटनामा परि घाइते भएका अन्य १७ जनाको पहिचान भने खुल्न सकेको छैन | बस सडकबाट करिब ६० मिटर तल खसेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!