चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउसलाई

Posted on: 21 May, 2017

कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्टार युवा क्लब मगलसेनलाई ३६ रनले पराजित गर्दै न्यु कर्णाली गेष्ट हाउस उपाधि जित्न सफल भएको हो । 

उपाधि जिते सगै न्यु कर्णाली गेष्ट हाउसले नगद ३५ हजार सहित, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको ए स्टार युवा क्लबले १० हजार सहित कप, मेडल र प्रमाणपत्रमा चित बुझाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्यु कर्णाली गेष्ट हाउसले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । जवाफमा लक्ष्य पछयाएको ए स्टार युवा क्लबले सबै विकेट गुमाएर १५ ओभरमा ७२ रन मात्र जोडन सकेको थियो । 

पहिले ब्याटिग गर्ने क्रममा ८ ओभरमा ४ विकेट गुमाउदा २९ रन मात्र रहेको अबस्थामा न्यु कर्णाली गेष्ट हाउसलाई उत्कृष्ट पुनरागमन गर्न अलराउडर शिवराज स्वार बलर विनोद खत्रिले सानदार प्रदर्शन गरेका थिए । केहि समय क्रिजमा साथ दिएका विनाद खत्रि आउट भईसके पछी नियमित विकेट गईरहदा ९ नम्बरमा व्याटिगमा आएका शमशेर कुवर र शिवराजको जोडीले टिमलाई वलियो स्थीमा पुरयाएको थियो । अन्तिम सम्म नटआउट रहेका शिवराज स्वारले सानदार ३ छक्काको मद्दतमा ३१ रनको पारि खेलेका थिए । समशेर कुवरले पनी ८ बलमा १६ रनको पारि खेलका थिए । जवाफमा ए स्टार युवा क्लब मँगलसेन सुरुवातमा राम्रो खेले पनी मध्य क्रमका ब्याटसम्यानले राम्रो खेल प्रदर्शन गर्न नसक्दा हार बेहोरोको हो । 

आयोजकका लागि नृप कुवरले १ छक्काको मद्दतमा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक ब्याटिग गर्न सकेनन । जवाफमा १५ ओभरमा अल आउट हुदै ए स्टार ७२ रनमा सिमीत रहेको थियो । प्रतियोगितामा उत्कृष्ट बलर र व्याट्सम्यानको पुरुस्कार शिवराज स्वार, उत्कृष्ट फिल्डरको पुरुस्कार महेन्द्र विक र उत्कृष्ट विकेट किपरको पुरुस्कार भरत जोशिले हात पारेका थिए भने अनुशासित खेलाडीको पुरुस्कार नरेश चौधरीले हात पारेका थिए । बैशाख ३१ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!