वैदेशिक रोजगार बीमा सम्बन्धी नियम के हो ?

Posted on: 23 Apr, 2021

वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य विमा गर्नुपर्छ । जस अनुसार इजाजतपत्रवाला (म्यानपावर) ले वैदेशिक रोजगारमा कामदार पठाउँदा प्रचलित कानून बमोजिम मान्यता प्राप्त बीमकबाट बीमा गराउनु पर्छ ।

१. बीमा गराउँदा तिर्नु पर्ने प्रिमियम रकम र सोको भुक्तानी सम्बन्धी व्यवस्था बीमित र बीमकबीच सम्झौता भए बमोजिम हुन्छ ।

२. कुनै इजाजतपत्रवाला (म्यानपावर) ले कुनै कामदारसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सो भन्दा भिन्न कम्पनी वा काममा लगाएको कारण बीमा सम्बन्धी प्रिमियम र दायित्वमा फरक पर्न गएमा त्यस्तो फरक परे जति दायित्व इजाजतपत्रवाला (म्यानपावर) ले व्यहोर्नु पर्छ ।

३. रोजगारदाता संस्था र कामदार बीचको करार अवधि समाप्त भैसके पछि पुनः करार अवधि थप गर्नु पर्दा करारमा बीमाको दायित्वको सम्बन्धमा उल्लेख गर्नु पर्छ ।

४. करार अवधि समाप्त भैसकेपछि इजाजतपत्रवालाको सिफारिसमा पुनः करार अवधि र प्रवेशाज्ञाको म्याद थप गरिएकोमा सो अवधिको कामदारले बीमा सम्बन्धी दायित्व इजाजतपत्रवालाले व्यहोर्नु पर्नेछ ।

५. तर इजाजतपत्रवालाको सिफारिस बिना कामदारले करार अवधि र प्रवेशाज्ञाको म्याद थप गराई बसेमा सो अवधिको बीमा सम्बन्धी दायित्व इजाजतपत्रवाला (म्यानपावर)मा रहँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!