म्यानपावरले व्यक्तिगत रुपमा कामदार पठाएमा के सजाय हुन्छ ?

Posted on: 23 Apr, 2021

वैदेशिक रोजगार ऐनको दफा ५२ अनुसार वैदेशिक रोजगारमा पठाउन इजाजत पाएको कुनै पनि म्यानपावर कम्पनीले व्यक्तिगत रुपमा कामदार पठाउन नपाउने उल्लेख छ । 

ऐनमा स्पष्ट लेखिएको छ -

'कुनै इजाजतपत्रवालाले दफा २१ को उपदफा (३) विपरीत व्यक्तिगत रुपमा कामदार पठाएमा त्यस्तो इजाजतपत्रवालालाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा इजाजतपत्र रद्द वा दुवै सजाय हुनेछ ।' 

दफा २१ मा के छ ? 

वैदेशिक रोजगार ऐन दफा २१ मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने उल्लेख छ । 

यस दफामा उल्लेख छ: 

(१) कुनै व्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा विदेश जान चाहेमा देहायका कुराहरु खुलाई विभाग समक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछः–

(क) रोजगारको लागि जान चाहेको मुलुक,

(ख) विदेशमा गर्नु पर्ने कामको प्रकृति,

(ग) रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,

(घ) रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,

(ङ) अभिमुखीकरण तालिम प्राप्त गरेको प्रमाणपत्र,

(च) निरोगिताको प्रमाणपत्र ।

(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग उपयुक्त देखिएमा निवेदकलाई रोजगारका लागि विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिँदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!