३ नम्बर र कालापानी युवा क्लब बिजयी

Posted on: 28 Sep, 2016

हेटौडा,१३ असोज

हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । आज(मंगलबार) भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो खेलमा कालापानी युवा क्लवले पशुपती युवा क्लव, एच्.आई.डी.लाई ० का बिरुद्ध १ गोल गर्दै बिजयी भएको हो । कालापानीका रबि थिङ्ग निर्धायक गोल गर्दै म्यान अफ दी म्याच भए भने पहिलो खेलको म्यान अफ दी म्याच ३ नम्वर युवा क्लवका गोल किपर सुभल दंगाल भए ।

२१ टिम सहभागिता नकआउट फुटबल प्रतियोगिता शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई–भोर्ले कमानेले आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत भोली(बिहीबार) पनि दुई खेल हुने आयोजक शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिनुभयो ।पहिलो खेलमा न्यू युनिक युवा क्लव, हेटौँडा ८ बिरुद्ध नामटार युवा क्लव, नामटार र दोश्रो खेलमा बिजय युवा क्लव, ठुलोसुकौली बिरुद्ध युवा जागरण युवा क्लव, उत्तरपानी भिड्ने छन् ।प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैँया पाउँनेछन् । त्यस्तै, प्रत्येक म्यान अफ दी म्याचले ट्रफी पाउँनेछन् भने उत्कृष्ट खेलाडी, किपर र सर्वाधिक गोलकर्ताले ट्रफी र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!