सुगर मिल बिरुद्ध न्यायका लागि विरोध जुलुस (फोटो फिचर)

Posted on: 02 Oct, 2016

रबिन्द्र यादव/ असोज १६ नवलपरासी । प्रदुषण संघर्ष समिति नवलपरासीले गुठी परसौनी गाउ विकास समिति को पिपरपातीमा ईन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज प्रा लि को विरुद्ध न्यायका लागि बैनर पम्पलेट लिएर किसान एकता जिन्दावाद, डिष्टलरी बन्द गर, प्रदुषण नियन्त्रण गर, वातावरण जोगाअौ, क्षतिपूर्ति अविलम्ब देउ जस्ता नारा लगाउदै विरोध जुलुस निकालेको छ । 

सो जुलुस डम्बर निम्नमाध्यमिक विद्यालय देखि सुरु भई इन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज गंगापुरको मुख्य गेट सम्म गई पुनः डम्बर निम्नमाध्यमिक विद्यालय पिपरपाती आएर मा कोण सभामा परणीत भएको थियो । कोण सभामा समिति का अध्यक्ष विनोद यादव, सदस्य अल्सगिर हजाम, गुलाब चौधरी, गुड्डु सैथवार लगायतले सम्बोधन गर्नु भएको थियो ।

 इन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज गंगापुरको डिष्टलरी बाट निस्केको प्रदुषित पानीले मानव स्वास्थ्यमा गम्भीर असर पारेको, खानेपानी दुषित भएको, लामखुट्टेको बिगबिगी भएको, धानबाली केरा तथा तरकारी खेतीमा भएको क्षतिको क्षतिपूर्ति माग गर्दै विगत दुई महिना देखि नवलपरासीका किसानहरु आन्दोलन गर्दै आएका छन । सो सुगर मिलले प्रदुषित पानीको ढल निकास नजिकै रहेको कंगली खोलामा गरेकोले वरपर किसानले लगाएको हजारौ विगहा धानबाली, केरा, तरकारी खेती नष्ट भएको छ । 

पिडित किसानहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइसकेको भएतापनि जिल्ला प्रशासनले चासो न दिएको किसानहरुले आरोप लगाएका छन । संघर्ष समितिले जिल्ला प्रशासन घेराउ, विरोध जुलुस, जस्ता कार्यक्रम गर्दै आएको छ । उता मिल पक्षले किसानहरुले मिल मै आएर वार्ता गर्न भनेपनि  समितिले जिल्ला प्रशासन कार्यालयमा वार्ता गर्ने अडान लिदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!