रोपवेले कृषि उत्पादन ढुवानीमा सहज

Posted on: 16 Oct, 2016

असोज ३०, पाल्पा । लुम्बिनी अञ्चलमै पहिलो पटक पाल्पाको कोलडाँडामा रोपवे सञ्चालनमा आएपछि यहाँका बासिन्दालाई सामान ओसारपसारमा सहज भएको छ । 

जिल्लाको ग्रामीण विकट भेगका यहाँका नागरिकले वर्षौसम्म चार घन्टाको उकालो बाटो सामान बोकेर जीविकोपार्जन गर्दै आएकामा अहिले रोपवे सञ्चालनमा आएदेखि नै गाउँको मुहार फेरिएको हो । । 

सिद्धार्थ राजमार्ग अन्तर्गत कोलडाँडा गाविस– ८ खमौरी र मस्यामकोे चरचरेसम्म झन्डै एक किलोमिटरको दुरीमा रोपवे सञ्चालन गरिएपछि अहिले दुई मिनेटमै उत्पादित तरकारी, फलफूल बजारसम्म पु¥याउन र बजारबाट दैनिक उपभोग्य बस्तु घरसम्म ल्याउन निकै सजिलो भएको छ । 

रोपवे सञ्चालनमा आएपछि यस क्षेत्रका १६० घरपरिवारको कृषि उत्पादनमा आकर्षण बढ्दै गएको स्थानीयवासी धु्रवप्रसाद पङ्गेनी बताउनुहुन्छ । 

यहाँका किसानले रोपवेकै माध्यमबाट गाउँमा उत्पादन भएका दैनिक ५० किलो भन्दा बढी तरकारी, फलफूललगायतका विभिन्न कृषि उपज तानसेन बुटवल लगायतका बजारमा पु¥याउन सफल भएको कोलडाँडा गाविस– ८ का वडा नागरिकमन्च संयोजक हस्तबहादुर आलेको भनाइ छ । 

रु १७ लाख ६४ हजारको लागतमा सो रोपवे सञ्चालनमा ल्याइएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!