मेसिनवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित

Posted on: 20 Oct, 2016

कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्राविधिक सहयोग पाएपछि किसानहरु आकर्षित भएका हुन् । उक्त परियोजना लुम्बिनि अञ्चलको नवलपरासी , रुपन्देही र कपिलबस्तुमा सञ्चालित रहेको परियोजनाका बाली विशेषज्ञ शालिन आचार्यले बताउनु भयो ।

यन्त्रहरुवाट गँहु र मुुसुरो छर्दा उत्पादन करिब बराबर भएपनि मेसिनले छर्दा लागत कम लाग्ने भएकाले बढि फाईदा हुने किसानहरुले बताएका छन् । बाझों खेतमा सिड ड्रिलवाट लगाईएको गँहुमा सिँचाईपनि कम हुने र जोत्न पनि नपर्ने भएकाले लागतमा कमि हुने किसानहरुको भनाई छ ।

बैज्ञानिक तरिकाले मेसिनवाट गँहु र मसुरो छर्ने सेवा प्रदायक किसानहरुको आज जिल्ला केषि विकास कार्यालय नवलपरासीमा भएको भेलामा किसानहरुले आधुनिक मेसिनको प्रयोगकोे सहजता र उपलब्धी बारेमा खुसी ब्यक्त गरेका थिए भने परियोजनाका बाली विशेषज्ञ आचार्यले सहजीकरण गर्नु भएको थियो । भेलामा कृषि यन्त्रीकरण र क्षेत्रफल बिस्तार , उत्पादन बढाउनका लागि प्राविधिक विकास र विस्तार , गँहु तथा मुसुरो छर्ने बारे योजना तर्जुमा , लगायतका विषयमा बृहत छलफल गरेका छन् ।

 गत वर्षहरुमा मेसिनवाट गँहु र मुसुरो छर्ने किसानहरु कम भएपनि अब यस प्रति किसानहरु आकर्षित भएपछि सेवा प्रदायक किसानहरु यो बर्ष धेरै किसानहरुलाई सेवा दिने र यस्को फाईदा बारे जानकारी समेत गराउने भएका छन् । यो बर्ष नवलपरासीमा करिब ५० विघा भन्दा बढि जग्गामा मेसिनवाट गँहु र मुसुरो छरि खेति गरिने भएको सिसा परियोजनाका सहजकर्ता आचार्यले बताउनु भयो । गँहु कात्र्तिकको अन्तिम हप्ता देखि मंसिरको दोस्रो हप्तासम्म छर्दा उत्पादनमा राम्रो हुने परियोजनाको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!