मौरीपालन व्यवसायबाट लाखौको रकम भित्रिँदै

Posted on: 22 Oct, 2016

कात्तिक ६, सल्यान । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् । 

कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी हुन्छ ।” 

कालीमाटी गाविसका सिमलकुना, खैरीकाँडा लगायत जङ्गलमा चिउरी प्रशस्त मात्रामा पाइने भएकाले पनि सो ठाउँ मौरीपालनका लागि उपयुक्त छ । मौरीलाई आवश्यक पर्ने फूल जङ्गलमा पाइने भएकाले मौरीपालन व्यवसाय फस्टाएको कृषकको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!